Section 13
केन्द्रीय ज्येष्ठ नागरिक कल्याण समितिको गठन :

(१) ज्येष्ठ नागरिकको हेरविचार, स्याहार सम्भार तथा सामाजिक सृुरक्षा गर्ने प्रयोजनको लागि नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी देहायबमोजिमको एक केन्द्रीय ज्येष्ठ नागरिक कल्याण समिति गठन गर्नेछ :
(क) (क) महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री वा राज्यमन्त्री - अध्यक्ष
(ख) सदस्य, राष्ट्रिय योजना आयोग (सामाजिक सेवा हेर्ने) – सदस्य
(ग) सचिव, अर्थ मन्त्रालय – सदस्य
(घ) सचिव, गृह मन्त्रालय – सदस्य
(ङ) सचिव, महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालय – सदस्य
(च) सचिव, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय – सदस्य
(छ) सचिव, संघीय मामिला “तथा सामान्य प्रशासन. मन्त्रालय -सदस्य
(ज) उपाध्यक्ष, समाज कल्याणपरिषद् – सदस्य
झ) ……………..
(ञ) सदस्य सचिव, पशुपति क्षेत्र विकासकोष – सदस्य
(ट) अध्यक्ष, नेपाल चिकित्सक संघ– सदस्य
(ठ) अध्यक्ष, नेपाल नर्सिङ्संघ – सदस्य
(ठ१) अध्यक्ष, राष्ट्रिय ज्येष्ठ नागरिक महासंघ -सदस्य
(ड) ज्येष्ठ नागरिकको हित संरक्षण गर्नको लागि सञ्चालित संस्थाहरुमध्येबाट नेपाल सरकारले मनोनयन गरेको एकजना महिलासमेत दुईजना प्रतिनिधि – सदस्य
(ढ) धार्मिक तथा सामाजिक कार्यमा संलग्न व्यक्तिहरुमध्येबाट नेपाल सरकारले मनोनीत गरेको एकजना महिलासमेत दुईजना – सदस्य
(ण) सहसचिव, महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालय (सम्बन्धित महाशाखा हेर्ने) – सचिव
(२) उपदफा (१) को खण्ड (ड) र (ढ) बमोजिम मनोनीत सदस्यको पदावधि तीन वर्षको हुनेछ र निजको पुन नियुक्ति हुन सक्नेछ ।
तर, निजले खराब आचरण गरेमा वा निजको कार्यक्षमताको अभावमा निजको पदावधि पूरा हुनुअगावै नेपाल सरकारले हटाउन सक्नेछ ।
(३) केन्द्रीय ज्येष्ठ नागरिक कल्याण समितिको सचिवालयको काम महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयले गर्नेछ ।
४) केन्द्रीय ज्येष्ठ नागरिक कल्याण समितिको बैठकसम्बन्धी कार्यविधि तोकिएबमोजिम हुनेछ ।
(५) केन्द्रीय ज्येष्ठ नागरिक कल्याण समितिका सदस्यले सो समितिको बैठकमा भाग लिएबापत नेपाल सरकारले तोकेबमोजिमको भत्ता पाउन सक्नेछन्।
१४. केन्द्रीय ज्येष्ठ नागरिक कल्याण समितिको काम, कर्तव्य र अधिकार ः केन्द्रीय ज्येष्ठ नागरिक कल्याण समितिको काम, कर्तव्य र अधिकार देहायबमोजिम हुनेछ :–
(क) ज्येष्ठ नागरिकको संरक्षण र सामाजिक सुरक्षा गर्नका लागि आवश्यक नीति, योजना तथा कार्यक्रम तयार गरी नेपाल सरकारसमक्ष पेश गर्ने,
(ख) नेपाल सरकारबाट स्वीकृत भएको नीति, योजना तथा कार्यक्रम कार्यान्वयन र अनुगमन गर्ने,
(ग) जिल्ला ज्येष्ठ नागरिक कल्याण समितिबाट प्राप्त हुन आएको ज्येष्ठ नागरिकको लगत तथा अभिलेख अद्यावधिक राख्ने,
(घ) जिल्ला ज्येष्ठ नागरिक कल्याण समितिको कामकारबाहीमा समन्वय तथा अनुगमन गर्ने,

(ङ) नेपाल राज्यभर स्थापना तथा सञ्चालनमा रहेका हेरचाह केन्द्र, दिवा सेवा केन्द्र, ज्येष्ठ नागरिक क्लब एवं ज्येष्ठ नागरिकसम्बन्धी काम गर्ने संघ, संस्थाले गरेको कामकारबाहीको अनुगमन गर्ने,
(च) तोकिएबमोजिमका अन्य काम गर्ने ।